हरिप्रसाद गौतम

हरिप्रसाद गौतम

नवलपरासी (बर्दघाट सुस्ता पुर्व)

नमस्ते, म हरि प्रसाद गौतम! म विवेकशील साझा पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नवलपरासी सुस्तापूर्व क्षेत्र नं. १ बाट उठेको छु। मेरो जन्म २०३८ सालमा स्याङ्जा जिल्लाको ज्याग्दीखोला सेखाम काम्तीमा भएको हो भने २०५२ सालदेखि मैले यस नवलपुर क्षेत्रलाई शिक्षा तथा व्यवसायको थलो बनाउँदै आएको छु। मैले भरतपुरको बालकुमारी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातककोत्तर गरेको छु। ऊर्जावान् युवाशक्ति विदेशीको गुलाम हैन, नेपालमै उद्यमी बन्नुपर्छ भन्ने मान्यता राख्दै चितवन र नवलपुरलाई कर्मक्षेत्र बनाई म आफ्नै व्यवसायमा आत्मनिर्भर रहँदै आएको छु।

राजनीति एक फोहोरी खेल हो भन्ने मेरो सोचाइ रहेकोले म यसबाट टाढै रहेको थिएँ। तर यही फोहोरी खेलले राष्ट्रमा भ्रष्टाचार, अनियमितता, आफन्तवाद र व्यक्ति मात्र बन्ने प्रवृत्ति रहिरह्यो। यसले राष्ट्र सधैँ कङ्गाल भइरहने र यो गलत संस्कृतिलाई परिवर्तन गर्न हामी जस्ता युवा राजनीतिमा नलागी नहुने देखेर म फोहोरी राजनीति सफा गर्न राजनीतिमा प्रवेश गरेको छु। म यस क्षेत्रबाट निर्वाचित भएको खण्डमा यस क्षेत्रको विकासका लागि अहोरात्र खट्नेछु।

अरु उमेदवारहरु

लोकबहादुर बुढा क्षत्री

लोकबहादुर बुढा क्षत्री

कैलाली क्षेत्र नं १
प्रदीप ढकाल

प्रदीप ढकाल

काठमाडौं क्षेत्र नं १०
प्रकाश गौतम

प्रकाश गौतम

झापा क्षेत्र नं ५
जयराम भण्डारी

जयराम भण्डारी

सिन्धुपाल्चोक क्षेत्र नं २