Skip links

इतिहासले भन्छ: स्थापित भए ‘सोच’ नै ‘शक्ति’ बन्छ, स्थापित नभए त्यो ‘वाहियात’ हुन्छ। त्यसैले नयाँ पार्टीको सोच आफैंमा वाहियात हुन सक्दैन। जहाँसम्म पुरानोलाई नै परिमार्जन गर्दै जानुपर्छ भन्ने धारणा छ, त्योसँग सहमत नहुनेहरूको संख्या पछिल्लो समयमा बढ्दै गएको विभिन्न पत्रपत्रिका तथा अनलाइन माध्यमहरूले गरेका सर्वेक्षणले स्पष्टरूपमा देखाएका छन्। २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएयता नेपालीले पुरानोलाई परिमार्जन गर्न झण्डै ३० वर्ष बिताइसकेका छन्। नेपालजस्तो विरलै प्राप्त हुने स्रोत र सहनशील जनता भएको देशका लागि ३० वर्ष भनेको विकासको ठूलो फड्को मार्न सक्ने समयावधि हो।

तर ती ३० वर्षमा आफ्ना कमजोरी लुकाउन नेपाली नेता र राजनीतिक दलहरूले सधैँ एकले अर्कोलाई दोष दिएरै बिताए र तिनका कारण भ्रष्टाचार, कुशासन, हिंसा र सामाजिक असहिष्णुतामा व्यापक वृद्धि भयो। यस्तो स्थिति कुनै पनि राष्ट्रका लागि शुभ संकेत होइन। जसले आफ्नै जीवनमा पद्दति, पारदर्शिता, इमानदारी अवलम्बन गर्न जानेनन्, तिनले राष्ट्रमा थिति बसालि देलान् भनेर हामी पर्खिएका पर्खिएकै छौं। हरेक पार्टीभित्र भएका तुलनात्मकरूपमा इमानदार केही नेताहरू नेतृत्वमा पुग्ने र तिनले सिङ्गो देशलाई परिवर्तनको बाटोमा डोर्याउन सक्ने कुनै गुञ्जायस नै देखिँदैन।

जग नखलबलिएको स्थितिमा मात्र पुरानोलाई परिमार्जन गर्न सकिन्छ। परिमार्जन गर्न सकिने स्थिति भइदिएको भए साझा पार्टीका कतिपय नेतृत्वकर्ताहरुलाई ठूला पार्टीहरूले विगतमा आमन्त्रण नगरेका होइनन्। तर केही व्यक्ति प्रवेश गरेर तिनलाई बदल्न सक्ने कुनै सम्भावना नै थिएन र छैन। जो त्यो सम्भावना रहन सक्छ भनेर ती पार्टीमा प्रवेश गरे कि त ती आफैं बदलिए कि ती निराश भएर निष्क्रिय भए। जग नै खलबलिएको छ भने पूर्णरूपमा नयाँबाटै शुरू गर्नु बुद्धिमानी हुन्छ र हामीले त्यही कठिन बाटो रोज्यौं। तर नयाँको निर्माण पुरानै ढर्रामा हुन सक्दैन भन्नेमा हामी सचेत थियौं। त्यसको आधार पूर्णत: सुसंस्कृत राजनीतिलाई स्थापित गर्ने प्रकृतिको हुनुपर्छ भन्ने महसुस गरेर हामीले ‘स्टिम (STIM)’ अर्थात पद्दति (system), पारदर्शिता (transparency), इमानदारी(integrity) र उत्कृष्टता (meritocracy)को चार खम्बा पहिल्याएका छौं। यी चार खम्बामा निर्माण भएको शक्तिले सम्पूर्ण राजनीतिक संस्कारलाई नै परिवर्तन गर्नेछ र देशलाई प्रगतिको मार्गमा द्रुत ढंगले अघि बढाउने छ भन्ने हाम्रो विश्वास हो।

हामीले राजनीतिक मात्र होइन विनम्रता, समानुभूति र साहस जस्ता मूल्य-मान्यतालाई पनि त्यत्तिकै जोड दिएका छौं, जसले संस्कारगतरूपमैं समाजलाई मानवीय बनाओस् भन्ने हाम्रो अपेक्षा हो।

जो हामीसँग सहमत छैनन्, तिनलाई हामी सम्मान गर्छौं तर हामी फेरी अर्को एउटा पुस्ताको जीवन पुरानो नै परिमार्जन होला भन्ने आशा र पर्खाइमा नबितोस् भन्ने चाहन्छौं। हामी कुनै पनि हालतमा त्यो आशा र पर्खाइ अन्त्य गरेरै छोड्छौं।

पार्टी भनेको विचार हो। हाम्रो पार्टीको विचार यो लिन्कमा उपलब्ध छ।

तर ‘विचार मात्रै पार्टी हो’ भन्ने जडशूत्रवादी सोच बोकी विचारको दास भएर पार्टी चलाउनेहरूले नेपालमा मात्र होइन, संसारको कुनै पनि मुलुकमा जनताको हित गर्न सकेका छैनन्। नेपालकै हकमा कुरा गर्दा गत ७० वर्षदेखि राजनीतिक दलहरू केवल वैचारिक संघर्ष गरिरहेका छन्। आफूले चाहे अनुरूपको व्यवस्था र संविधान भए मात्र विकास सम्भव हुन्छ भनेर ती लडेका लडेकै छन्। तसर्थ यो देशमा प्रजातन्त्रवादी, साम्यवादी, माओवादी, राजतन्त्रवादी, गणतन्त्रवादी, संघीयतावादी सबै भए तर लोकतन्त्रको आत्मा बोक्ने ‘संविधान’को वास्तविक पालना गर्ने धेरै कममात्र देखिए।

विचारको महत्व हुन्छ तर लोकतन्त्रमा विचारलाई संविधानले व्यवस्थापन गर्नुपर्छ। नेपालमा भने संविधानलाई सडकदेखि संसद्‌सम्म बारम्बार विचारले निर्देशित गर्न खोजिएको छ। तसर्थ साझा पार्टीले लोकतान्त्रिक संविधानको प्रधानतालाई स्वीकार्नेछ। विधिको शासन हाम्रो मन्त्र हुनेछ। हामी अहिलेको संविधानको दायराभित्रै बसेर अनि संसद्‌को सार्वभौमसत्तालाई प्रयोग गरेरै यो देशलाई हाम्रै जीवनकालमा संवृद्ध बनाउन सकिन्छ भन्नेमा विश्वास गर्दछौं।

अर्को कुरा, चेतनाको स्वरूप नबदलिएसम्म विचारको स्वरूपमात्र बदलिएर समाज रूपान्तरण नहुने रहेछ। संसारमा ती पार्टीहरू सफल भएका छन् जसका विचारहरू विकासका बदलिंदो अवधारणाबाट निर्देशित भएका छन्। तसर्थ, हाम्रालागि पार्टी भनेको ‘विकासको अवधारणा’ पनि हो, जसले हाम्रो पार्टीको विचार/दर्शन/वाद अर्थात ‘कल्याणकारी लोकतन्त्र’लाई निर्देशित गरेको छ।

विचारलाई विकाससँगै हातेमालो गराएर अगाडि बढाउन सकिएन भने न त विचार स्थापित हुन्छ, न त विकास नै सम्भव हुन्छ। त्यसको ज्वलन्त उदाहरण नेपाल नै हो।

हामीले जे भन्दा र जे गर्दा पनि, तपाईंले हामीमा विश्वास नै गर्नुभएन भने भिन्दै कुरा। नत्र “यो देशको भविष्य हामी १०० वर्षका लागि बनाउँछौं, हामीलाई सक्नुहुन्छ भने वर्षको रू १०० दिनोस्” भनेर हामीले गरेको अपील के तपाईंले अस्वीकार गर्न सक्नुहोला र? हामीलाई राष्ट्रव्यापी सञ्जाल निर्माण गर्न धेरै यात्र गर्नुछ। हामीलाई नमूना राजनीतिक दलका रूपमा स्थापित हुनुछ। त्यसका लागि पूर्ण पेशागत ढंगबाट कार्यालय सञ्चालन गर्नु पर्नेछ जसका लागि पर्याप्त आर्थिक स्रोतको आवश्यकता पर्छ।

हामी स्वार्थको टकराव (conflict of interest) नहुने ढंगबाट कोष संकलन कसरी गर्ने र त्यसलाई पूर्णरूपमा पारदर्शी कसरी राख्ने भन्नेबारे पूर्णरूपमा सचेत छौँ। देशभित्र तथा देश बाहिर बसेका नेपालीबाट पर्याप्त सहयोग प्राप्त हुनेछ भन्नेमा हामी पूर्णरूपले विश्वस्त छौं।

हामीलाई आर्थिक सहयोग गर्न यो लिन्कमा जान सक्नुहुनेछ।

त्यस्तो आरोपबारे कसैले सानो मात्र प्रमाण पनि जुटाइदिए हामी यो पार्टी विघटनको प्रस्ताव सार्वजनिकरूपमैं गर्न तयार छौं। त्यो भन्दा बढी के भनौं! आरोप त जे लगाए पनि हुने रहेछ।

हामी सबै प्रकारका चुनौतीको सामना गर्न सक्छौं भन्नेमा विश्वस्त छौं। तर पनि संगठन निर्माण हाम्रो सबैभन्दा ठूलो चुनौती हो भन्नेमा हामी पूर्णरूपले सचेत छौं। हामी दोस्रो, तेस्रो, चौथो, पाँचौं वा अर्को एक थप पार्टी बन्न अस्तित्वमा आएका होइनौं। हामी नम्बर एक बनेर शासन गरी देश रूपान्तरण गर्न अस्तित्वमा आएका हौं। त्यो राष्ट्रव्यापी संगठन निर्माणबिना सम्भव हुँदैन र हामीले त्यसै अनुरुपको रणनीति बनाएका छौं।

संगठन निर्माणबारेको थप जानकारी यो लिन्कमा प्राप्त गर्न सक्नुहुनेछ।

हामी “आचरणगतरूपमा” फरक छौँ। हाम्रा नेताहरू बलियो नैतिक जगमा उभिएका स्वाभिमानी र क्षमतावान् व्यक्तित्वहरू हुनुहुन्छ। नेपाली राजनीति विग्रिनाको मूल कारण पार्टी नेतृत्वले आधारभूत मूल्यमान्यताहरूमा क्रमिक ह्रास आउनाले हो। त्यसैले हाम्रो नेतृत्व र सम्पूर्ण पार्टी पंक्तिलाई सुसुंस्कृत राजनीतिक अभ्यासमा अडिग राख्न “पद्धति (System), पारदर्शिता (Transparency), इमानदारी (Integrity) र उत्कृष्टता (Meritocracy)” अर्थात STIM का चार मुल्यमान्यतालाई हाम्रो खम्बा भनेका छौं। हामी सधैं ती चार खम्बाको जगमा उभिने छौँ।

हामी “संगठनात्मकरूपमा” फरक छौं। हाम्रो पार्टीमा इमानदार नेतृत्व क्षमता देखाउने व्यक्तिलाई उच्च नेतृत्वमा पुग्न दशौं वर्ष लाग्दैन। पार्टीमा संलग्न भएको केही वर्षभित्रमैँ आफूलाई प्रमाणित गर्न सकेको खण्डमा त्यस्ता व्यक्तिले उच्च नेतृत्वमा प्रतिश्पर्धा गर्न पाउने छन्। त्यसैगरी साझा पार्टीले आफूले चुनेर पठाएको नेताले अपेक्षाअनुरूपको काम गर्न नसकेको खण्डमा दुई-तिहाई मतदाता मिलेर ती नेतालाई फिर्ता बोलाउन सक्छन्, जसलाई अंग्रेजीमा Right to Recall भनिन्छ। त्यस्तै, हामीले Right to Reject को प्रावधान पनि राखेका छौँ, जसले मतदातालाई “माथिका कुनै पनि उमेदवार योग्य छैनन्” भनेर मतदान गर्ने अधिकार प्रदान गर्दछ।

हामै “बैचारिकरूपमा” पनि फरक छौं। हामीले हाम्रो दर्शनलाई कल्याणकारी लोकतन्त्र भनेका छौं, जसमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकाहरूका लागि आवास र सार्वजनिक यातायातजस्ता विषय मूलरूपमा राज्यको दायित्व हुन्छ। कल्याणकारी लोकतन्त्र नेपाली राजनीतिमा नयाँ दर्शन हो तर विश्व राजनीतिमा गएको १०० वर्षको अर्थ-राजनीतिक अभ्यासलाई हेर्ने हो भने कल्याणकारी लोकतन्त्र सुसंस्कृत, संवृद्ध, सुखी र खुशी देशको अभिन्न पाटो बन्दै आएको छ। हामीले सहभागितामूलक लोकतन्त्र, समावेशी, समतामूलक संवृद्धि भनेका छौं। हामीले अवलम्बन गरेका मूल्यमान्यता र विचार र हामीसँग भएको नेतृत्वले नेपाललाई एकै पुस्ताभित्र रूपान्तरण गर्न सक्छ भन्ने हाम्रो विश्वास हो।

साझा पार्टीले शब्द र कर्मका बीचमा यथार्थपरक ढंगबाट तादात्म्य स्थापित गर्नेछ। वर्तमान राजनीतिक दलहरूका दस्तावेजमा पनि आदर्श अभिव्यक्त नभएका होइनन्। तर ती शब्दमा सीमित रहे – व्यवहारमा होइन। त्यसैले होला, चर्चित विश्व विख्यात अमेरिकी लेखक तथा पत्रकार फरिद जाकरियाले भनेको: लोकतन्त्रलाई नियम-कानूनले भन्दा पनि त्यसका मूल्य-मान्यता र अभ्यास अथवा लोकतान्त्रिक आचरणले दिगो बनाउँछ।

हामीले बारम्बार भनेका छौँ, संविधानको बर्तमान संरचनाभित्रै बसेर यो देशलाई संवृद्धिको बाटोमा डोर्याउन सक्छौं भन्नेमा हामी विश्वस्त छौं।

लोकतन्त्र हाम्रालागि अपरिहार्य छ। लोकतान्त्रिक ढंगबाट निर्माण भएको संविधानभित्रको खाकामा अल्झिएर हामी फेरि वर्षौं या दशकौं गुमाउने पक्षमा छैनौं। ‘नाच्न नजान्ने आँगन टेडो’ भने झैं आफू गर्न नसक्ने अनि हरेक पटक आफ्नो कमजोरी छोप्नका लागि संविधानका मूल प्रावधान नै उल्टाउने संस्कारलाई हामी अन्त्य गर्न चाहान्छौं।

उग्रपन्थी विचार बोकेर यो देशका समस्या हल हुन सक्दैन भन्ने १० वर्षे पीडादायी द्वन्द्वले देखाइसकेको छ। फेरि पनि दलहरूले आ-आफ्ना जडताहरू त्यागेर मध्यमार्गमा हिँडन सकेनन् भने देश पुन: द्वन्द्वतर्फ धकेलिन सक्छ। संसारको इतिहासले देखाएको कुरा के हो भने द्वन्द्वका लागि विद्रोहीको संख्या ठूलो हुनु पर्दैन। त्यो असन्तुष्ट, तिक्त र हिंसात्मक भए पुग्छ। यो तथ्यलाई मनन गरेर वर्तमान संसद्ले नै संविधानमा निहित विवादित मुद्दाहरूको निर्क्यौल गर्नेछ भन्ने हामीले आशा लिएका छौं।

विवादित मुद्दाहरू निर्क्यौल नै हुन सकेनन् र देशको राजनीति र रूपान्तरणको प्रयास फेरी पनि तिनै मुद्दाका कारण निरन्तर अस्थिर रहिरह्यो भने जनमत संग्रहको विश्वव्यापी मर्म अनुरूप व्यक्तिलाई आफ्नो निर्णय आफैं गर्ने छुट दिएर पार्टीको ह्विप नलगाइकन देशमा जनमत संग्रह गर्नुको विकल्प रहने छैन।

ठीक हो, असल भनिएका मान्छेसँगै ल्याउँदैमा पार्टी बन्दैन तर पार्टी निर्माण गर्ने र त्यसले देश बनाउने अपेक्षा गर्ने हो भने चाहिँ राम्रा मान्छेको साथ लिनै पर्छ नत्र स्थिति हाम्रो देशको नेताहरुको जस्तै हुनेछ। सबै राम्रा मान्छेमा नेतृत्व क्षमता र राजनीतिक गुणहरु नहुन सक्छ। तर नेतृत्व क्षमता र राजनीतिमा रूचि भएका असल नागरिकहरू एकजुट हुने हो भने उनीहरुमा नेपालको समस्या समाधान गर्ने क्षमता अवश्य हुनेछ। अमेरिकी मानवशास्त्री मार्गारेट मिडको एउटा भनाई यहाँ उदृत गर्नु उपयुक्त होला: विचारवान र प्रतिबद्ध नागरिकहरूको एउटा सानो समूहले विश्व परिवर्तन गर्न सक्छ भन्ने कुरामा शंकै नगरे हुन्छ, वास्तवमा आजसम्म भएकै त्यहीं हो।

राजनीतिक पृष्ठभूमि भएकाहरूले ७० वर्षसम्म नेतृत्व गर्दा नेपालको प्रतिव्यक्ति आय ८०० डलरभन्दा कम रहेको तथ्य सर्वविदितै छ जबकि सो अवधिमा संसारका धेरै देशहरूको प्रतिव्यक्ति आय दशौं हजार डलर पुगिसकेको छ। त्यति हुँदा पनि नेपालमा राजनीतिक नेतृत्व गर्न राजनीतिक पृष्ठभूमि भएकै व्यक्तिहरू हुनुपर्छ भन्ने जिकिर गर्नु उपयुक्त नहुन सक्छ। असल राजनीतिका लागि इमानदारी, प्रतिबद्धता, दूरदृष्टि तथा व्यवस्थापकीय र संगठन निर्माणको क्षमता महत्वपूर्ण हुन्छ जसका लागि साझा पार्टीले बलियो मञ्च निर्माण गर्नेछ।

संसारमा प्रकृतिले दिएको अधिकांश प्रतिकूलता चिर्न गाह्रो हुन्छ। तर मान्छेले सृजना गरेको प्रतिकूलता मान्छेले चिर्न नसक्ने भन्ने प्रश्नै उठ्दैन। हामीभन्दा ज्यादै नै प्रतिकूल अवस्थामा रहेका इथियोपिया र रूवाण्डाजस्ता देश केही दशकभित्रै जटिल प्रतिकूलता चिरेर तीव्र प्रगतिको बाटोमा अग्रसर छन् भने हामीले हाम्रो देशको विद्यमान प्रतिकूलता चिर्न सकिँदैन भनेर सोच्नु, केवल कमजोर आत्मविश्वासको उपज मात्र हो। कि त अहिलेका पार्टीका अगाडि कुनै पनि हालतमा केही गर्न सकिँदैन भनेर त्वम् शरणम् गर्नुपर्यो होइन भने सक्षम नेतृत्वले नेपालको प्रतिकूलता चिर्नेमात्र होइन, हाम्रै जीवनकालमा नेपाललाई संवृद्धिको बाटोमा डोर्याउने क्षमता पनि राख्छ भन्ने विश्वास राख्नुपर्यो। हामी सोची-विचारी इमानदारीपूर्वक प्रयास गरेपछि सकिन्छ भन्नेमा विश्वस्त छौं।

राजनीतिक नेतृत्व दशकौंसम्म बेइमान, असक्षम र भ्रष्ट भएको देशमा अन्य माध्यम या पेशाबाट जीवनभर राम्रो काम गरे पनि त्यसले समग्र राष्ट्रको रूपान्तरण सम्भव नहुने रहेछ। त्यो दुर्गन्धित नदीमा एक बाल्टिन सफा पानी खन्याएसरह हुने रहेछ। त्यस्तो स्थितिमा आफूलाई इमानदार र राष्ट्रप्रति प्रतिबद्ध ठान्ने कतिपय नागरिकले आँट बटुलेर राजनीतिक हाम फाल्नु बाध्यता बन्दो रहेछ। हामीले त्यही आँट बटुलेका हौं।

जसले राजनीतिमैँ हाम फाल्ने इच्छा गरेनन् या आँट बटुल्न सकेनन् तर समाज निर्माणमा आ-आफ्नो तरिका र क्षमताले योगदान गरिरहेका छन्, तिनलाई हामी नमन गर्दछौं। राजनीति सुध्रिएको खण्डमा तिनको योगदान अझ बढी प्रभावकारी हुनेछ भन्नेमा हामी विश्वस्त छौं। उनीहरुबाट हामी प्रेरणा र सद्‌भावको अपेक्षा राखेका छौं।

इमानदारी गुमाए छवि बिग्रने हो, इमानदारी नगुमाए छवि बिग्रिने प्रश्नै उठ्दैन। त्यसमा हामी चिन्तित छैनौं।

बेइमान भएर विफल भए समाजले गिज्याउँछ तर इमान नबेची विफल भए समाजले साहानुभूतिपूर्वक सद्‌भाव दर्शाउँछ। जीवनमा गरेका सबै काममा सफल हुनु पर्दैन तर इमानदार चाहिँ हुनुपर्छ। हामी विफल हुँदैनौं भन्नेमा हामी ९९.९ प्रतिशत विश्वस्त छौं। कथंकदाचित ०.१ प्रतिशतमा परियो भने, हामी अपमानित महसुस गर्ने छनौं र हामी अन्य माध्यमबाट समाजको सकारात्मक रूपान्तरणमा सहयोग पुर्याइ नै रहनेछौं।

This website uses cookies to improve your web experience.
AllEscortAllEscortAllEscort